Skip to content

Latest commit

 

History

History

Folders and files

NameName
Last commit message
Last commit date

parent directory

..
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

README.md

chapter अध्याय ६
pageNumber ३८

अध्याय ६

एरे

एरेहरू प्रोग्रामिंगको एक आधारभूत भाग हो। एरे डेटाको सूची/समुह हो। हामी एउटा भेरिएबलमा धेरै डेटा भण्डारण गर्न सक्दछौं, जसले हाम्रो कोडलाई अधिक पढन् र बुझ्न सजिलो बनाउँदछ। यसले सम्बन्धित डेटामा प्रकार्यहरू प्रदर्शन गर्न धेरै सजिलो बनाउँदछ।

एरेमा डेटालाई एलिमेन्ट (Element) भनिन्छ।

यहाँ एक साधारण एर्रेको उदाहरण छ।

// 1, 1, 2, 3, 5, and 8 are the elements in this array
let numbers = [1, 1, 2, 3, 5, 8];

एरेहरू एरे लिटरल प्रयोग गरेर वा नयाँ कुञ्जीशब्दको(keyword) साथ सजिलै सिर्जना गर्न सकिन्छ।

const cars = ["Saab", "Volvo", "BMW"]; // using array literals
const cars = new Array("Saab", "Volvo", "BMW"); // using the new keyword

इन्देक्स(index) नम्बर एरेको मानमा पहुँच गर्न प्रयोग गरिन्छ । एरेमा पहिलो एलिमेन्टको इन्देक्स जहिले पनि '०' हुन्छ किनकि एरे इन्देक्सहरू '०' बाट सुरु हुन्छ। इन्देक्स नम्बर पनि एरेको एलिमेन्टहरू परिवर्तन गर्न प्रयोग गर्न सकिन्छ।

const cars = ["Saab", "Volvo", "BMW"];
console.log(cars[0]);       // Output: Saab

cars[0] = "Opel"; // changing the first element of an array
console.log(cars);          // Output: ['Opel', 'Volvo', 'BMW']

{% hint style="working" %}

एरेहरू एक विशेष प्रकारको अब्जेक्ट(Object) अब्जेक्ट हो। एरेमा अब्जेक्टहरू हुन सक्छन्। {% endhint %}

एरेको 'लेन्थ(lenght)' गुणले एलिमेन्टहरूको संख्या गणना फर्काउँछ। एरेद्वारा समर्थित विधिहरू तल देखाइएको छ:

नाम वर्णन
concat() दुई वा दुईभन्दा बढी संयुक्त एरे फर्काउँछ
join() एरेका सबै एलिमेन्टलाई स्ट्रिङमा जोड्दछ
push() एरेको अन्त्यमा एक वा बढी एलिमेन्ट थप्दछ र लम्बाइ फर्काउँछ
pop() एरेको अन्तिम एलिमेन्ट हटाउँदछ र त्यो एलिमेन्ट फर्काउँछ
shift() एरेको पहिलो एलिमेन्ट हटाउँदछ र त्यो एलिमेन्ट फर्काउँछ
unshift() एरेको अगाडि एक वा बढी एलिमेन्ट थप्दछ र लम्बाइ फर्काउँछ
slice() एरेको खण्ड निकाल्छ र नयाँ एरे फर्काउँछ
at() निर्दिष्ट गरिएको इन्देक्स वा अन्दिफाइन्द (undefined) मा एलिमेन्ट फर्काउँछ
splice() एरेबाट एलिमेन्टहरू हटाउँदछ र (वैकल्पिक रूपमा) तिनीहरूलाई प्रतिस्थापन गर्दछ, र एरे फर्काउँछ
reverse() एरेका एलिमेन्टहरू स्थानान्तरण गर्दछ र एरेमा सन्दर्भ फर्काउँछ
flat() निर्दिष्ट गरिएको गहिराइसम्म पुनरावर्ती रूपमा यसमा समाहित गरिएका सबै उप-एरे एलिमेन्टहरूसँग नयाँ एरे फर्काउँछ
sort() एरेका एलिमेन्टहरूलाई ठाउँमा क्रमबद्ध गर्दछ, र एरेमा सन्दर्भ फर्काउँछ
indexOf() खोजी एलिमेन्टको पहिलो मिलानको इन्देक्स फर्काउँछ
lastIndexOf() खोजी एलिमेन्टको अन्तिम मिलानको इन्देक्स फर्काउँछ
forEach() एरेको प्रत्येक एलिमेन्टमा callback कार्यान्वयन गर्दछ र अपरिभाषित फर्काउँछ
map() प्रत्येक एरे अब्जेक्टमा callback कार्यान्वयन गर्दा प्रतिफल मानसहितको नयाँ एरे फर्काउँछ ।
flatMap() गहिराइको map() पछि flat() चलाउँदछ 1
filter() callback ले ट्र्रु(true) फर्काएको अब्जेक्टसमावेश गर्ने नयाँ एरे फर्काउँछ
find() callback ले ट्र्रु फर्काएको पहिलो अब्जेक्ट फर्काउँछ
findLast() अन्तिम अब्जेक्ट फर्काउँछ जसका लागि कलब्याक ले ट्र्रु फर्कायो
findIndex() पहिलो अब्जेक्टको इन्देक्स फर्काउँछ जसका लागि कलब्याक ले ट्र्रु फर्कायो
findLastIndex() अन्तिम अब्जेक्टको इन्देक्स फर्काउँछ जसका लागि कलब्याक ले ट्र्रु फर्कायो
every() यदि कलब्याक ले एरेको प्रत्येक अब्जेक्टका लागि ट्र्रु फर्काउँछ भने ट्र्रु फर्काउँछ
some() यदि कलब्याक ले एरेमा कम्तिमा एउटा अब्जेक्टका लागि ट्र्रु फर्काउँछ भने ट्र्रु फर्काउँछ
reduce() उद्देश्य घटाउन कलब्याक(संचयकर्ता, हालको मान, हालको इन्देक्स, एरे) प्रयोग गर्दछ र कलब्याक प्रकार्यद्वारा फर्काएको अन्तिम मान फर्काउँछ ।
reduceRight() त्यसरी नै काम गर्दछ reduce() तर अन्तिम एलिमेन्टबाट सुरु हुन्छ